samajikkhabar.com

कोरोनाको कारण अस्ट्रेलियन घरेलु क्रिकेट लिग बिग बासको प्रारम्भमा अस्ट्रेलिया आउन नपाएका नेपाली लेग स्पीनर सन्दिप लामिछाने क्वारेन्टाइन मुक्त भएपछि सम्भवतः आफ्नो नयाँ क्लब होर्वाट हुरिकेन्सवाट शनिबार जनवरी २ तारिखका दिन पहिलो खेल खेल्नेछन्।क्लबका पछिल्ला ६ खेल गुमाएका लामिछाने डिसेम्बर ३० मा क्वारेनटाइन मुक्त भएर तास्मानिया राज्यको होर्वाटमा हुने टिमको सातौं खेलको तयारीमा जुटेका छन्।

नेपालबाट डिसेम्बर १५ मा अस्ट्रेलिया आइपुगेका सन्दिप यहाँको अनिवार्य होटल क्वारेन्टाइनमा १४ दिन बसेपछि बल्ल नयाँ क्लबको घरेलु मैदानमा शनिबार हुने खेलको अभ्यासमा जुटेका हुन्।उनको क्लब होर्वाट हुरिकेन्सले सातौं खेलमा सन्दिपको पुरानो क्लब मेलवर्न स्टार्सविरूद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ। खेल अस्ट्रेलियन समय ५ बजेर पाँच मिनेटमा (नेपाली समय बिहान ११:५० बजे) सुरू हुनेछ।

कोरोना संक्रमणका कारण समयमै आउन नपाएका सन्दिपको क्लब अहिले पनि ६ खेलमा चार जितका साथ तेस्रो स्थानमा छ। समान अंक रहेको सिड्नी थन्डर दोस्रो र १६ अंकमा रहेको सीडनी सिक्सर शीर्ष स्थानमा छ।सन्दिपको टोलीले पुनः सोमबार जनवरी ४ तारिखका दिन ब्रिजबेनको गाब्बा मैदानमा मेलवर्न स्टार्ससँग खेल्ने कार्यक्रम रहेको छ। पुरानो क्लबविरुद्ध सन्दिपको प्रदर्शनी कस्तो रहने हो त्यो भने निकै प्रतिक्षाको विषय बनेको छ।

samajikkhabar.com