samajikkhabar.com

काठमाडौँ — नेपालले मार्चमा ओमान भ्रमण गर्दै पुरुषतर्फको क्रिकेट विश्व लिग २ का खेलहरू पुनः सुरु गर्ने भएको छ । कोभिड–१९ का कारण लिग २ का खेल पछिल्लो ८ महिनायता स्थगित हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार पुनः प्रकाशित गरेको खेलतालिकाअनुसार लिग २ का खेल एक वर्ष पछाडि धकेलिएको हो 

लिग २ मा नेपालसहित, ओमान, अमेरिका, स्कटल्यान्ड, यूएई, नामिबिया र पपुवा न्युगिनी (पीएनजी) गरी ७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सन् २०२३ को विश्वकप छनोटको आधार रहेको यस प्रतियोगितामा एउटा राष्ट्रले ३६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ । त्यसमा १२ खेल घरेलु मैदानमा, १२ खेल विपक्षी मैदानमा र १२ खेल तटस्थ भूमिमा खेल्नुपर्ने हुन्छ ।

samajikkhabar.com