samajikkhabar.com

सन् २०२२ मा कतारमा हुने विश्वकपको लागि युरोपियन छनोटको ड्र सार्वजनिक गरिएको छ। सोमबार राति स्वीट्जरल्याण्डको ज्युरिखमा भर्चुल माध्यमबाट गरिएको सार्वजनिक ड्र अनुसार साविक विजेता फ्रान्सले छनोटको समूहमा युक्रेन, फिनल्याण्ड, बोस्निया हर्जगोभिना र कजाखस्तानसँग खेल्नेछ।

जसमा युरोपका ५५ देशलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ। ५ समूहमा ५-५ देश समावेश छन् भने ५ समूहमा ६-६ देश समावेश गरिएको छ । सन् २०२१ को युइएफए नेसन्स लिगको फाइनल्सका लागि छनोट भइसकेका बेल्जियम, फ्रान्स, इटली र स्पेनको समूहमा ५-५ टिम राख्ने पहिले नै तय भइसकेको थियो ।

सन् २०२१ को मार्चदेखि युरोपियन क्षेत्रको छनोट चरणका खेलहरु सुरु हुनेछन् । प्रत्येक समूहको विजेता सीधै विश्वकपमा छनोट हुनेछ भने बाँकी ३ टिम प्लेअफ मार्फत कतार विश्वकपमा पुग्नेछन् ।

कुन समूहमा कुन देश?

  • समूह ‘ए’ : पोर्चुगल, सर्बिया, रिपब्लिक आयरल्यान्ड, लक्जेम्बर्ग, अजरबैजान
  • समूह ‘बी’ : स्पेन, स्विडेन, ग्रिस, जर्जिया, कोसोभो
  • समूह ‘सी’ : इटाली, स्विट्जरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया, लिथुवानिया
  • समूह ‘डी’ : फ्रान्स, युक्रेन, फिनल्यान्ड, बोस्निया हर्जगोभिना, कजाखस्तान
  • समूह ‘ई’ : बेल्जियम, वेल्स, चेक गणतन्त्र, बेलारुस, इस्टोनिया
  • समूह ‘एफ’ : डेनमार्क, अस्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारोइ आइल्यान्ड्स, माल्दोभा
  • समूह ‘जी’ : नेदरल्यान्ड्स,टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया, जिब्राल्टार
  • समूह ‘एच’ : क्रोएसिया, स्लोभाकिया, रुस, स्लोभानिया, साइप्रस, माल्टा
  • समूह ‘आई’ : इंग्ल्यान्ड, पोल्यान्ड, हंगेरी, अल्बानिया, एन्डोरा, सान मारिनो
  • समूह ‘जे’ : जर्मनी, रोमानिया, आइसल्यान्ड, उत्तरी म्यासेडोनिया, अर्मेनिया, लिचेन्स्टाइन
samajikkhabar.com