samajikkhabar.com

काठमाडौं , मंसिर८ । इंगलिश प्रिमियर लिगमा शनिबार राति आठ खेल भएका छन् । जसमा २५ गोल भएको छ । 

टोटनह्यामले वेष्टह्यामबाट उसकै मैदानमा ३–२ ले विजयी भएको हो ।  सन ह्युङ मिन, लुकास मौरा र ह्यारी केनले १–१ गोल गरे । वेष्टका एन्टोनियो र ओग्बोन्नाले १–१ गोल गरे । 

क्रिस्टल प्यालेसविरुद्ध २–१ गोल अन्तरको जित निकाल्दै लिभरपुलले अपराजित यात्रालाई निरन्तर दिन सफल भएको छ । सादियो माने र रोबर्टो फर्मिन्होको गोलबाट लिभरपुलले जित निकाल्यो । विल्फ्रेड जाहाले क्रिस्टललाई गोल दिलाएका थिए । 

म्यान्चेस्टर सिटीले घरेलु मैदानमा चेल्सीलाई २–१ गोल अन्तरले हराएको छ । एनगोलो काँटेले २१ मिनेटमै चेल्सीलाई अग्रता दिलाए पनि २९ औं मिनेटमा केभिन डे ब्रुने र ३७ औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई जिताए । 

अन्य खेलको नतिजा 
एएफसी बर्नमाउथ १–२ वुल्भरह्याम्पटन वान्डेरर्स
आर्सनल २–२ साउथह्याम्पटन
ब्राइटन ०–२ लेस्टर सिटी
एभर्टन ०–२ नर्विच सिटी
वाटफोर्ड ०–३ बर्नली

samajikkhabar.com