samajikkhabar.com

काठमाण्डाै : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काेराेना सङ्क्रमणकाे जाेखिम बढ्दै गएपछि काठमाण्डाै उपत्यकासहित ठूला सहरका विद्यालय कम्तीमा एक महिनाका लागि बन्द गर्न सिफारिस गरेकाे छ । 

मङ्गलवार मन्त्रालयमा पत्रकारहरूसँगकाे कुराकानीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कम्तीमा ३० दिन उपत्यकासहित ठूला सहरका विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन सिफारिस गरिएकाे स्वास्थ्यमन्त्री त्रिपाठीले बताउनुभयाे । 

उहाँका अनुसार विद्यालय बन्द गर्ने विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको छ । 

samajikkhabar.com