samajikkhabar.com

काठमाडौँ : दुई वर्षदेखि भूमिगत राजनीति गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ आज (शुक्रबार) सार्वजनिक हुँदै छन् । सरकारसँग भएको तीनबुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न आज दिउँसो २ बजे काठमाडौं राष्ट्रिय सभागृहमा संयुक्त ‘विशेष समारोह’मा आयोजना गरिँदैछ ।

यसअघि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै मञ्चमा देखिने भएका हुन् । बिहीबार बिहान भएको तीनबुँदे सहमतिलाई सोही दिन साँझ बसेको मन्त्रिपषिद् बैठकले अनुमोदन गर्दै विप्लव नेकपालाई लगाइएको प्रतिबन्धसमेत फुकुवा गरिसकेको छ ।

दुई पक्षीय सहमतिअनुसार अब विप्वलव समूहले सबै राजनीतिक बिषयको समाधान संवादका माध्यमबाट गर्ने, सम्पूर्ण राजनीतिक क्रियाकलापतहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध फुकुवा तथा बन्दीको रिहाई र मुद्दा खारेजलगायतका बुँदा समेटिएको छ । योसँगै विप्लव नेकपा खुला र शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको छ ।

samajikkhabar.com