samajikkhabar.com

काठमाण्डाै : प्रचण्ड-नेपाल समूह नेतृत्वको नेकपाले निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकताको दाबी पेश गरेको छ ।

अध्यक्षद्वय प्रचण्ड र माधव नेपालसहित मंगलबार आयोग पुगेको नेकपाको समूहले २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित औपचारिक रूपमा वैधानिकताको दाबी गरेको हो ।

राजनीतिक दलसम्बन्धीको दफा ४४ आधार मानेर आफूहरुले पार्टीको आधिकारिताको दाबी गरेको प्रचण्ड–नेपाल समूहका लीलामणि पोखरेलले सेतोपाटीलाई जानकारी दिए।

निर्वाचन आयोगले पुरानो ४ सय ४१ केन्द्रीय सदस्यलाई आधिकारिक मानेको भएकाले हामीले पुनः २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित आफूहरूले दाबी पेश गरेको बताए।

उनले निर्वाचन आयोगमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत नेताहरू आयोग पुगेको उनले जानकारी दिए।

samajikkhabar.com