samajikkhabar.com

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपाको अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल आन्दोलनमा आएका छन् ।

शुक्रबार बिहान ९ : ३० बजेदेखि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले माइतीघरमा प्रदर्शन गरेका हुन्।

अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले छातिमा ‘हामी यहाँ छौं’ लेखेर टाँसेका छन्।

उनीहरू कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन्। प्रतिनिधिसभा भंग गर्नु असंवैधानिक भएको ब्यानरमा लेखिएको छ।

हिजो नेकपाले आन्दोलन घोषणा गरेको थियो ।

samajikkhabar.com