samajikkhabar.com

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमै महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक सुरु हुनुअघि पौडेलको जन्मदिन केक काटेर मनाइएको हो । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकको सुरुमै केक काटेर महासचिव पौडेललाई अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सचिवालय सदस्यले शुभकामना दिए । 

बैठकमा सहभागी अध्यक्षद्वय ओली, प्रचण्डसहितका नेताले केक खुवाएर जन्मदिनको शुभकामना दिएका हुन् । 

दिउँसो १ बजेपछि सुरु भएको सचिवालय बैठकमा मंगलबार ओली र कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ । 

यसअघि मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्रीले केपी शर्मा ओलीले र कार्त्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो  प्रस्ताव पेश गरेका छन्। 

मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्रीले ओलीले प्रचण्डको प्रतिवेदनलाई आरोप पत्रको संज्ञा दिएका थिए  । 

samajikkhabar.com