samajikkhabar.com

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णय विरुद्ध मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र नेत्रविक्रम चन्द विप्लवले मोर्चा बनाएका छन् । धेरै पटक जुट्दै । फुट्दै गरेका माओवादीका विप्लव र वैद्य फेरी ओली विरुद्ध आन्दोलन चर्काउन एक भएका छन् । उनीहरुले प्रेस विज्ञप्तिमार्फत् एउटै मोर्चा कसेको जानकारी दिएका हुन् ।

आज प्रेस ज्ञिप्तिमार्फत् विप्लव र वैद्यसहित चारवटा कम्युनिस्ट संगठनका प्रमुखहरुले संयुक्त मोर्चा निर्माण गर्ने सहमतिबारे उल्लेख गरेका हुन् । संयुक्त मोर्चामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले हस्ताक्षर गरेका छन् ।

samajikkhabar.com