samajikkhabar.com

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि उत्पन्न भएको परिस्थिति र भावी रणनीति तय गर्नका लागि कांग्रेसले बैठक डाकेको हो ।

कांग्रेसले यसअघि नै प्रधानमन्त्री ओलीको कदम लोकतन्त्र र संविधान विरोधी भएको भन्दै विरोध गरिसकेको छ ।सोमबार कांग्रेस पार्टी कार्यालयमा नेकपाको दाहाल-नेपाल समूह र जसपाका नेताहरु सम्मिलित बैठकले प्रधानमन्त्रीको कदम लोकतन्त्र र संविधान विरोधी भएको निष्कर्ष निकालेको थियो ।

samajikkhabar.com