samajikkhabar.com

काठमाडौं : गुटभेलामा सहभागी नहुने अडान लिएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ भैंसेपाटी गएका छन्।पछिल्लो राजनीतिक अवस्थाबारे उनीहरुबीच छलफल भइरहेको जनाइएको छ।

वामदेवले विभाजनको संघारमा पुगेको नेकपाको कुनै पनि भेलामा नहुने अडान लिएका छन् । पछिल्लो अन्तरसंघर्षमा दाहाल–नेपाल पक्षलाई गौतमले साथ दिइरहेका थिए भने सरकारमा रहेर रामबहादुर थापाले प्रधानमन्त्रीलाई साथ दिइरहेका थिए दुवै नेता सोमबार ओली र दाहाल–नेपाल समूहले गरेका भेला र बैठकमा सहभागी भएनन्। उपाध्यक्ष गौतमले सोमबार आफू अझै पनि पार्टी एकताको पक्षमा रहेको भन्दै संसद् भंगविरुद्ध आफू रहेको तर पार्टी फुटको साक्षी बस्न कतै नजाने प्रस्ट्याएका छन्। 

यसैबीच आजै प्रचण्डले बादलसँग भेटघाट गरेका छन्। आजै दिउँसो १ बजे प्रचण्ड-नेपाल पक्षका समूहको केन्द्रिय कमिटी बैठक बस्दैछ। उक्त बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासन कारबाही गर्ने जनाएको छ।

samajikkhabar.com