samajikkhabar.com

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरेपछि देशभर विरोध प्रदर्शन सुरु भएको छ।

राष्ट्रपति र सरकारले गैर संवैधानिक कदम चालेको भन्दै विवेकशील साझा पार्टीले राजधानीमा प्रदर्शन गरेको छ। केपी शर्मा ओलीले तानाशाह प्रवृत्ती देखाएको भन्दै उनीहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।

यस्तै, विपक्षी दल नेपाली कांग्रेसका साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका जनवर्गीय संगठनहरुले काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन्।

samajikkhabar.com