samajikkhabar.com

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल कम्युनिष्ट पार्टी नेकपाले गणतन्त्रको धज्जी उडाएको आरोप लगाएका छन्। 

थापाले आज विहान नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ट्वीटरमा मेन्सन गर्दै पार्टी राजनीति अति भएकाले बन्द गर्न सुझाव छ।

‘अब अतिभो, गाईजात्रा बन्द गर्नुहोस् हामी जस्ता राजसंस्थसहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनु होस्, हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो। कमसेकम लोकलज्जाको त ख्याल राख्नोस्’ अध्यक्ष थापाले लेखेका छन्। 

samajikkhabar.com