samajikkhabar.com

१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकको रोकेर बालुवाटारमा बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच वार्ता भएको छ ।

दुई अध्यक्षवीच वार्ताको संयोजन स्थायी कमिटीका नेताहरु सुवासचन्द्र नेम्वाङ शंकर पोखरेल र घनश्याम भुसालले गरेका छन् । साथमा महासचिव विष्णु पौडेल पनि छन् ।

‘हामीले दुई अध्यक्षबीचको छलफलको समन्वय गरेका हौं, बालुवाटारमा ओली र प्रचण्डवीचको छलफलमा सहभागी एक नेताले अनलाइनखबरलाई बताए ।अध्यादेश र विशेष अधिवेशनको समावेदन दुबै फिर्ता गराउन नेताहरुले पहल थालेका छन्

मंगलबार प्रधानमन्त्रीले ल्याएको अध्यादेश र भोलिपल्ट शीतलनिवासमा दर्ता गर्न लगिएको विशेष अधिवेशनको समावेदन दुबै फिर्ता गराउन नेताहरुले पहल थालेका छन् ।

यहीबेला प्रचण्ड–माधव नेपाल पक्षका ८० भन्दा बढी सांसदहरुको हस्ताक्षर बोकेर संसदको विशेष अधिवेशन माग गर्दै भीम रावल र पम्फा भुसाल शीतलनिवास पुगे । तर, शीतलनिवासले समावेदन दर्ता गर्न मानेन ।स्थायी कमिटीको बैठक बुधबार दिउँसो १ बजे बोलाइएको थियो । तर, बैठकमा प्रधानमन्त्री ओली र उनीपक्षका नेताहरु सहभागी नभएपछि बैठक सुरु भएन र स्थायी कमिटी सदस्यहरु बाहिर घाम तापेर बसे ।

यसैवीच, शीतलनिवास पुर्‍याइएको हस्ताक्षरसहितको पत्र फिर्ता लिन आग्रह प्रधानमन्त्री ओलीले प्रचण्डसँग आग्रह गरेका छन् । प्रचण्डले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

अहिले बालुवाटारमा ओली र प्रचण्डवीच अन्य नेताहरुसहितको छलफल जारी छ ।

samajikkhabar.com