samajikkhabar.com

राजविराज । सप्तरीमा एक महिलाले आफुले जन्माएको नवजात शिशुको हत्या गरेको आरोप लगाइएको छ । अनुसन्धानका लागि महिलालाई प्रहरीले नियन्त्रमा लिएको छ । दुई छोराकी आमा रहेकी रुपनी गाउँपालिका ३ की २५ वर्षीया उमादेवी शर्माले छोरीलाई जन्म दिएकी थिइन् । उनले छोरी जन्मिए लगत्तै शिशुको हत्या गरेको अभियोग लागेको छ । सन्तानको हत्या आरोपमा उमा पक्राउ परेकी छन्।

हत्याको झण्डै एक महिनापछि प्रहरी अनुसन्धानबाट आमा नै दोषी देखिएपछि प्रहरीले कर्तव्य ज्यान मुद्दाको उजुरी दर्ता गरी थप अनुसन्धान थालेको एसपी कृष्ण प्रसाइले बताए। बालिका शिशु जन्मिएपछि हत्या गरिएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । ‘आरोपितको गर्भबाट शिशु बालिका जन्मिएको मिति र वास्तविकता परिक्षण गर्न आरोपितलाई धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण गर्न पठाइएको प्रहरीले जनाएको छ।’

रूपनी गाउँपालिका ३ हर्दियास्थित तिलेश्वर साहको पोखरीमा मङ्सिर २८ गते माछा मा र् स्थानीयवासीले हालेको जालमा बालिका शिशुको शव फेला परेको थियो। अवैध गर्भबाट छोरी जन्मिएका कारण हत्या गरी फालिएको हुन सक्ने स्थानीयवासीले बताएपछि प्रहरीले अनुसन्धान थालेको थियो। दुई छोराकी आमा रहेकी आरोपितका श्रीमान वैदेशिक रोजगारका लागि मलेसियामा छन्। पोखरीको छेउमा बाँसको ढकियासमेत फेला परेकोले सोही ढकियामा बालिका ल्याई पोखरीमा फालिएको स्थानीय बताउँछन्।

samajikkhabar.com