samajikkhabar.com
america-china-trade-war
negotiation meeting on america china trade war at sanghai

एक वर्ष देखि जारी अमेरिका चिन व्यापार युद्ध अन्त्य गर्ने उपाय खोज्नको लागि दुई देशका व्यापार मध्यस्थकर्ता बिचको वार्ता चिनको साङ्घाइमा बुधबार पुनः शुरु भएको छ । तर पछिल्ला समयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटले भने यो वार्तालाईनै ओझेलमा पारेको छ ।

व्यापारमा समस्या देखिएको भन्दै अमेरिका र चिनले ६० अर्ब डलरको सामानमा कर वृद्धि गरेका थिए । अमेरिकाले चिनको सामान निर्वाद र खुकुलो प्रवेशका कारण व्यापार असन्तुलन चरम बिन्दुमा पुगेको र अमेरिकी प्रविधिको चिनले चोरि गरेको आरोप लगाउँदै आएको छ । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र अर्थमन्त्री स्टिभेन मन्चिन साङ्घाइमा पुगेका छन् । चिनीयाँ वार्ता टोलिमा चिनीयाँ उपप्रधानमन्त्री लिउ हे सहितका प्रतिनिधिहरु सम्मिलित छन् ।

तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने ट्वीट गर्दै मेरो टालीले अहिले चिनीयाँ पक्षसँग वार्ता गर्दै छ तर चिनियाँहरु आफ्नो लाभ हेरिरहेका छन् । यस्तो सम्झौता हाम्रालागि महत्वपुर्ण होइन भनेका छन् । यसअघिका वार्तामा पनि चिनीयाँहरु इमान्दार हुननसकेको बताएका छन् । चिनले पनि ट्रम्पको अभिव्यक्ती अमेरिकाको अहंकार भएको जनाएको छ ।

samajikkhabar.com