samajikkhabar.com

६ महिनादेखि जारी प्रदर्शनलाई नियन्त्रणमा लिन चिनियाँ जनमुक्ति सेना खटाइएको छ । शनिबार मात्रै ती सेनाले हङकङका सडकमा अवरोध हटाउँदै छन् । जनमुक्ति सेनाले भने आफू शान्ति कायम गराउन यहाँ आएको प्रतिक्रिया दिएको छ ।

गत वर्ष मात्रै हङकङमा विनाशकारी आँधी आउँदा चिनियाँ जनमुक्ति सेना उद्धारका लागि खटिएका थिए । अहिले भने चीनले यसरी तैनाथ गरेको कार्य हङकङको कानून सम्मत मानिदैन ।

हङकङको प्रदर्शनबारे चिनियाँ सेनाले पटक पटक टिप्पणी गर्दैआएको थियो । हङकङ प्रदर्शनलाई चीनले ‘हिंसात्मक घटना’, अराजक भीड’ तथा ‘प्रायोजित भीड’ जस्ता टिप्पणी गरेको थियो ।

samajikkhabar.com