samajikkhabar.com

२०७६ माघ दोस्रो हप्ताको सुरुमा चीनबाट आएका एक व्यक्तिमा कोरोना पुष्टि भएपश्चात् करिब  महिनामा कोरोना संक्रमितको संख्या दुई लाख ६ हजारभन्दा बढी पुगिसकेको नेपालको आधिकारिक तथ्यांकले देखाएको छ।

नेपालमा कोरोनाको पहिलो संक्रमणबाट एक हजार संक्रमितको संख्या पुग्न २७ दिन (२०७७ जेठ ६), पाँच हजार पुग्न ४ दिन (२०७७ जेठ ३०), ० हजार पुग्न ५२ दिन र ५० हजार पुग्न २३० दिन लागेको थियो। कोरोनाको तीव्र प्रसारण हुँदै एक लाख संक्रमित पुग्न २५९ दिन र थप ३२ दिनमा एक लाख नयाँ संक्रमित थपिँदै दुई लाख संक्रमित पुग्न २९ दिन र करिब  महिनामा दुई लाख ५० हजार संक्रमित पुगिसकेका छन् भने करिब कुल संक्रमितको ९७ प्रतिशत (दुई लाख ५३ हजार) निको पनि भएका भन्ने सरकारले आधिकारिक सूचना सार्वजनिक गरेको छ।

विगत तीन महिनामा संक्रमण पाँच गुणा वृद्घि भई संक्रमितको संख्याका आधारमा श्रेणीकरणमा विश्वमा नेपाल साठीऔं स्थानबाट चालीसौं स्थानमा उक्लिएको छ।

लायतमा देखा परेको कोरोना भाइरसको आनुवंशिक परिवर्तित नयाँ ‘भेरियन्ट’ जसमा दुई दर्जन उत्परिवर्तन पाइएको छ। तीमध्ये छ–आठ उत्परिवर्तन स्पाइक प्रोटिन जिनमा छन्; जसले कोषिकामा भाइरस प्रवेश गर्न सहयोग गर्ने वैज्ञानिक अध्ययनमा उल्लेख गरिएको छ। तसर्थ यो कोरोना भाइरसको स्वरूपको छिटो सर्न सक्ने (साबिकको कोरोना भाइरसभन्दा ७० प्रतिशत तीव्र प्रसारण) क्षमता ले अझ जोखिम निम्त्याउने सम्भावना कायम छ।

सरकारी आधिकारिक तथ्यांकमा नपरेका परीक्षणको दायरामा नआएकाको संख्या पनि थप्दा ० गुणा बढी सायद २०–२५ लाखजति यस अवधिमा नेपालमा कोरोना संक्रमित भएको अनुमानलाई नकार्न सकिन्न।

हालसम्मको कोरोना संक्रमणलाई अध्ययन–विश्लेषण गर्दा लेखाचित्रअनुसार प्रतिदिन औसत ५६५० पीसीआर परीक्षणमा औसत ७६० नयाँ संक्रमित थपिएका छन्, जुन परीक्षणमा संक्रमण दर ३.५५  हुन आउँछ। कात्तिक ५ गते एक दिनमा सबैभन्दा धेरै ५७४३ नयाँ संक्रमित थपिएका थिए, जुन २० हजार परीक्षणमा २९५ संक्रमण दर थियो।

विगत ८४ दिनमा प्रतिदिन औसत ९७ नयाँ संक्रमित थपिँदै एक लाख ६ हजार संक्रमित पुगेका छन्। विगतको पन्ध्र–बीस हजार प्रतिदिन परीक्षण पनि घटेर पाँच–छ हजार परीक्षणमा पुगेको छ भने परीक्षणमा संक्रमण दर ३०–३५ प्रतिशतबाट घटेर संक्रमण दर ०–२ प्रतिशतमा पुगेको छ।

यी तथ्यांक अध्ययन गर्दा संक्रमण दर केही कम भए पनि अझै परीक्षणमा संक्रमण दर ० प्रतिशतभन्दा माथि भएकाले नेपालमा कोरोना र कोभिड– ९ को जोखिम यथावत् नै छ। कोरोना संक्रमितको पहिलो मृत्यु २०७७ जेठ २ पछि करिब नौ महिनामा ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ; जुन कूल ०.७ प्रतिशत मृत्युदर छ। परीक्षणमा नेपालको संक्रमणमा मृत्युदर विश्व परिदृश्य (३५) र दक्षिण एसियाली देशहरू (भारत (.४४ प्रतिशत), बंगलादेश (.४७), पाकिस्तान (२.५) सँग तुलना गर्दा दुईदेखि चार गुणा कम देखिएको छ।

असोज ५ पछि विगत तीन महिनामा मात्र प्रतिदिन औसत ५ जनाको मृत्यु थपिँदै ३५५ मृत्यु संख्या पुगेको सरकारी तथ्यांकले देखाएको छ। यस अवधिमा कोरोना संक्रमितको मृत्यु संख्या ३.५ गुणाभन्दा बढी वृद्घि भएको लेखाचित्रले प्रस्ट पारेको छ। कात्तिक ९ गते सबैभन्दा धेरै एक दिनमा ३० संक्रमितको मृत्यु भएको थियो। सरकारी आधिकारिक तथ्यांकमा समावेश नभएका (हाल मृत्युपछि कोरोना परीक्षण गरिँदैन) वा परीक्षणको दायरामा नआएकाको संख्या पनि थप्दा ४–५ गुणा बढी ८–९ हजार मृत्यु संख्या आउने सम्भावना नकार्न सकिन्न।

वर्तमान परिस्थितिमा धेरै देशमा कोरोनाको प्रसारण/संक्रमणको दोस्रो तथा तेस्रो वेभ (चरण) ले आक्रान्त पारेको तत्य पनि सार्वजनिक भएका छन्। दक्षिण कोरियाको हालको कोरोनाको प्रसारण/संक्रमण पहिलोभन्दा बढी आक्रामक र गम्भीरता पनि मापन गरिएको छ। त्यस्तै जर्मनी र बेलायतको पनि हालको कोरोनाको प्रसारण/संक्रमण पहिलोभन्दा बढी आक्रामक र उच्च क्षति पुर्‍याएको छ। नेपालमा पनि कोरोनाको प्रसारण/संक्रमणको दोस्रो वेभ आउन सक्ने सम्भावना जिउँदै छ।

बेलायतमा देखा परेको कोरोना भाइरसको आनुवंशिक परिवर्तित नयाँ ‘भेरियन्ट’ जसमा दुई दर्जन उत्परिवर्तन पाइएको छ। तीमध्ये छ–आठ उत्परिवर्तन स्पाइक प्रोटिन जिनमा छन्; जसले कोषिकामा भाइरस प्रवेश गर्न सहयोग गर्ने वैज्ञानिक अध्ययनमा उल्लेख गरिएको छ। तसर्थ यो कोरोना भाइरसको स्वरूपको छिटो सर्न सक्ने (साबिकको कोरोना भाइरसभन्दा ७० प्रतिशत तीव्र प्रसारण) क्षमता ले अझ जोखिम निम्त्याउने सम्भावना कायम छ।

कोरोनाको खोपको व्यवस्थित रूपमा प्रबन्ध गर्नु : खरिद, प्रसारण, ढुवानी र भण्डारण नेपालका लागि मुख्य चुनौती रहेका छन्। सरकारले यो अवधिमा कोरोनाको खोप व्यवस्थापनमा केकति प्रगति गर्‍यो ? कुन ढाँचामा कुन खोप वितरण रणनीति कस्तो बनाएको छ ? यी विषयमा समीक्षा हुन आवश्यक छ; जसले खोपको उत्तम व्यवस्थापनमा गर्न मार्गदर्शन प्रस्तुत गर्छ। अहिलेसम्म पनि अलमलिने हो भने जनताले केवल खोप कहिले आउँछ भनेर प्रतीक्षाको घडी हेरेर कतिले कोरोनाको कारणले कहिलेसम्म ज्यान गुमाउने ?  साथै कोरोना खोप आए पनि साधारण नेपाली जनताको पहुँचसम्म पुग्न अझै ६ महिनादेखि एक वर्ष लाग्ने हुँदा अहिल्यै नेपालमा कोरोनाको जोखिम पूर्णविराम लागेको छैन।

यी यावत् तथ्य केलाउँदा नेपालमा कोरोना संक्रमित र संक्रमितको मृत्यु संख्या केही घटे पनि जोखिम यथावत् छ। तसर्थ वर्तमान परिस्थितिमा कोरोनालाई पूर्ण परास्त गर्न, देश वा स्थानीय अधिकार निकायले सरोकारवालासँग सहकार्य गर्दै उचित आपत्कालीन निवारणका लागि जिम्मेवारी बहन गर्नुपर्ने, साथै जनताले संक्रमण रोकथामलक्षित आवश्यक सुरक्षा नीति र उपाय अनिवार्य पालना गरौं, आफू पनि बचौं, अरूलाई पनि बचाऔं।

–अनुसन्धान वैज्ञानिक डा. दुलाल कोरोना र कोभिड– १९ परीक्षण तथा रोकथामको अग्र मोर्चामा छन्।

samajikkhabar.com