samajikkhabar.com

भारतीय गुप्तचर संस्था ‘रअ’को निर्देशनमा नेपालबाट राजतन्त्र हटाइएको ‘रअ’कै पूर्वअधिकारी अमर भूषणले दाबी गरेका छन्। केही समय अगाडी प्रकाशित पुस्तकमा इनसाइड नेपालमा रअका पूर्व विशेष निर्देशक भूषणले पहिलो चरणमा राजतन्त्रलाई संवैधानिक बनाउन र दोस्रो चरणमा राजनीतिक दलको आन्दोलनका बलमा हटाउन रअले गोप्य भूमिका निभाएको उल्लेख गरेका हुन्।

रअकै योजना बमोजिम प्रचण्ड राजतन्त्र विरुद्ध नेपालका अन्य राजनीतिक दलसँग सहकार्य गर्न पुगेका पुस्तकको दाबी छ। यसका लागि रअ र माओवादीबीच विभिन्न चरणमा छलफल भएका थिए। शुरुमा रअको योजनाप्रति माओवादी नेता प्रचण्ड आशंकित देखिन्थे। कतै पछि आफैं असुरक्षित भइने हो कि भन्ने त्रास प्रचण्डमा थियो, पुस्तक उद्धृत गर्दै भारतीय मिडिया डीएनए इन्डियाले लेखेको छ प्रचण्ड नेपालबाट राजतन्त्र उन्मूलन गर्ने विषय र त्यसपछिको अवस्थाबारे भारतीय गुप्तचर संस्था रअसँग विश्वस्त हुन चाहन्थे।

प्रचण्ड रअसँग सशंकित देखिएको पनि पुस्तकमा उल्लेख छ। माओवादी नेता प्रचण्डले रअ ब्यूरोप्रमुख जीवनाथनसँग ‘हामी राजाको शासनमा रहन्छौँ वा लोकतन्त्रमा जान चाहन्छौँ’ यसबारे किन तपाईंहरूको यति धेरै चासो भनेर प्रश्न गरेको समाचारमा जनाइएको छ। यसैको सहयोगमा नेपालमा शुरु भएको जनआन्दोलनलाई भारतीय सरकारले सहयोग गरेको थियो। तत्कालीन राजीव गान्धी सरकारले नेपालमा भइरहेको आन्दोलनलाई सहयोग गर्ने निर्णय ग‍रेको थियो। नेपालका राजालाई दबाब दिन विभिन्न चरणमा भएका प्रयास असफल भएका थिए। त्यसपछि भारत सरकारले नेपालसँगको सीमा बन्द गरेको थियो। नेपालमा उपभोग्य वस्तुको हाहाकार भएको थियो।

यसैको आडमा आन्दोलन अघि बढेको थियो। त्यसबीचमा राजा वीरेन्द्रले चीनसँग सहयोगका लागि अनुरोध गरेका गरेका थिए। त्यस बेला रअका प्रमुख एके वर्माले जासुस जीवनाथनलाई नेपालमा विशेष अभियान चलाउन जिम्मा लगाएको पुस्तकमा उल्लेख छ।

रअको अभियानपछि नेपालका अधिकांश नेताहरू रअका अधिकारीलाई भेट्न गएको ‘इनसाइड नेपाल’मा उल्लेख छ।

samajikkhabar.com