samajikkhabar.com
नवनियुक्त पर्यटन मन्त्री योगेश भट्टराईको सपथ ग्रहण समारोह सम्पन्न
नवनियुक्त पर्यटन मन्त्री योगेश भट्टराईको सपथ ग्रहण समारोह

नवनियुक्त पर्यटन मन्त्री योगेश भट्टराईले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मन्त्री भट्टराईलाई बुधबार साँझ राष्ट्रपती भण्डारीले शीतल निवासमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो ।

भट्टराईको पद तथा गोपनियताको सपथ ग्रहण समारोहमा उपराट्रपती नन्दबहादुर पुन , प्रधानमन्त्री केपी शर्मा ओलि , सभामुख कृष्ण बहादुर महरा , राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायत अन्य संवैधानिक निकायका प्रमुखहरुको उपस्थिती थियो ।

पदभार ग्रहण पछि सिंहदरबार स्थित कार्यकक्षमै सञ्चारकर्मीसँग कुराकानिको क्रममा उहाँले सबै मिलेर काम गर्ने बताउनु भएको छ । कुराकानिको क्रममा भट्टराईले तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको स्मरण गर्दै उहाले अपेक्षा गर्नुभएको र अधुरा रहेका कामहरु आफुले पुरा गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । कुराकानीको क्रममा पर्यटन मन्त्री भट्टराईले आफुले रवीन्द्र अधिकारीले सुरु गर्नुभएको काम पुरागर्ने र आफु अधिकारीको उत्तराधिकारी भएर आएको पनि बताउनु भएको थियो । तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । तत्पश्चात पर्यटन मन्त्रालय प्रधानमन्त्री केपि शर्मा ओलिले आफैँले राख्नुभएको थियो ।

samajikkhabar.com