samajikkhabar.com

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आगामी फागुन १९ (मार्च २) देखि ओसाका उडान बन्द गरेर जापानको राजधानी टोकियोबाट नजिकैको नारिता विमानस्थलमा उडान गर्ने भएको छ।

जापान सिभिल एभिएसन ब्यूरो (जेक्याप) सँग निगमले मंगलबार ग्राउन्ड ह्याण्डलिङ सम्झौता गरेको छ। यो सम्झौतापछि निगमले औपचारिक रूपमा नारिता विमानस्थलमा उडानको प्रक्रिया अगाडि बढेको छ। यो सम्झौतासँगै निगमले मार्चदेखि नियमित उडान गर्ने गरी कार्यतालिका बनाएको निगमले जनाएको छ ।

निगमले गरिरहेको ओसाका उडानमा एकतर्फी दुई सय यात्रु हुन थालको र राम्रै भराई दर हुदैँ गएको भएपनि जहाज अभाव तथा सबैको राजधानी केन्द्रित उडानको माग भएकोले ओसाका बन्द गरेर नारिता जान लागिएको हो।

निगमले दुबैतर्फको गन्तव्यमा उडान गर्न जहाज संख्या नपुग्ने र भएकै जहाजबाट नारिता गर्नुपर्ने भएको छ। नारिता जापानको राजधानीकेन्द्रित विमानस्थल हो।

samajikkhabar.com