samajikkhabar.com
प्रधानमन्त्री केपी शर्मा ओली

नेपालको तत्कालीन प्रधानमंत्री केपी शर्मा ओलीको वेबसाईट ह्याक भएको खबरले अहिले सामाजिक सञ्जालमा तातेको छ । एक तिर केही न्युज मिडियाहरु तातो खबरले जनमानस तताउन लागि परिरहेका छन भने अर्को तिर हाम्रा जनता त्यसै संग विभिन्न किसिमका तर्क प्रस्तुत गरी रहेका छन् ।
तर वास्तवमा भने प्रधानमंत्री केपी शर्मा ओली ज्युको वेबसाईट भने केही भएको होइन । हामीलाई प्राप्त जानकारी अनुसार kpsharmaoli.com भन्ने साईटको सुबिधा प्राप्त व्यक्तिले त्यसमा अस्लिल चित्र राखेका पाइएको थियो ( जुन साईट अहिले हटिसकेको छ )। जबकी नेपालका प्रधानमंत्रीको वेब साईट भने kpsharmaoli.com.np रहेको र यो सुरछित रहेको प्रधानमंत्रीका IT विज्ञ अग्सर अलिको दावि छ ।

जनता र अरु विभिन्न तह तप्कामा रहेका व्यक्तिहरुका अनुसार भने सम्बन्धित निकाय यस ठाउँमा चुकेको दावी गरिरहेका छन् । यस अघि पनि विभिन्न समयमा अन्य मन्त्रालय, सरकारी विभागहरुको अन्लाईनमा सर्भर डाउन , ह्यक्किङ जस्ता समस्या देखिँदै आएको छ।

प्रचारित खबर झुटो हो तर सम्बन्धित निकाय आफ्नो कर्तव्यमा असफल भएका धेरै उधाहरणमा यस घटनालाई पनि लिन सकिन्छ, यसमा शंका छैन। सुचना प्रविधीको युगमा यस्ता विषयको सतर्कता र यस्का सुविधाले देशलाई उन्नती तर्फ लानुपर्ने जिम्मेबारी रहेको अवस्थामा कहिले प्रधानमंत्रीकै सामाजिक ह्यान्डलमा त्रुटीहरु त कहिले प्रधानमंत्रीकै सब डोमेन को दुरुपयोगमा अन्योलता वास्तवमै सचेत रहनुपर्ने कुरा हो ।

samajikkhabar.com