samajikkhabar.com

काठमाडौं : सर्वाधिक चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । शुक्रबार हुने पहिलो खेलमा साबिक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्दै छन् । मुम्बई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

एमए चिदंबरम स्टेडियममा हुने खेलमा दुबै टोली जित निकाल्ने योजनामा हुनेछन् । रोहित शर्माको कप्तानीमा मैदान उत्रन लागेको मुम्बई यो खेलमा जित निकालेर सुखद सुरुवात गर्न चाहन्छ । यता भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीको कप्तानीमा मैदानमा उत्रन लागेको बैंगलोर पनि खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

दुई टिमबीचको हालसम्मको नजिता हेर्दा बैंगलोरभन्दा मुम्बई बलियो देखिन्छ । पछिल्ला पाँच खेलमा मुम्बईले ३ खेलमा जित निकालेको छ भने बैंगलोरले २ खेल जितेको छ ।

samajikkhabar.com