samajikkhabar.com
आईसीसी
आईसीसी

नेपाल टी–२० वरियतामा यथावत रहेको छ । आईसीसीले शनिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ११ औं स्थानमा यथावत रहेको हो । नेपालले १४ टी–२० बाट २०१ रेटिङ पनि पाएको छ ।

नेपालले जुलाई महिनामा मलेसियासँगको दुई खेलको टी–ट्वान्टी शृंखला जित्नुका साथै आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेको थियो ।

टी– २० वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका, चौथोमा अष्ट्रेलिया, पाँचौमा भारत, छैटोमा न्यूजिल्याण्ड, सातौंमा अफगानिस्तान, आठौंमा श्रीलंका, नवौंमा वेष्ट इण्डिज र दशौंमा बंगलादेश रहेका छन् ।

एकदिवसीय वरियतामा पनि नेपाल १५औं स्थानमा यथावत छ । एकदिवसीय वरियताको शीर्ष स्थानमा विश्व विजेता इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन् ।

samajikkhabar.com