samajikkhabar.com

काठमाण्डौ : नेपाली राष्ट्रिय क्रिकेट टोलीको कतार भ्रमण स्थगित भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमवार सूचना निकालेर शृङ्खला स्थगित भएको जानकारी दिएको हो ।

नेपालले कतारसँग कतार स्पोर्ट्स डे का अवसरमा फेब्रुअरी ९ देखि १२ अर्थात् माघको २७ गतेदेखि ३० गतेसम्म तीन ट्वान्टी–ट्वान्टी शृङ्खला खेल्ने तयारी थियो । तर कतारमा कोरोनाको महामारी बढेका कारण स्पोर्ट्स डे स्थगित गरिएपछि नेपालको कतार भ्रमण स्थगित भएको हो ।

नेपालले कतारसँग शृङ्खला खेल्न बन्द प्रशिक्षणका लागि १८ सदस्यीय खेलाडी छनोटसमेत गरिसकेको थियो । प्रतियोगिता स्थगित भएपछि प्रशिक्षण पनि स्थगित भएको छ ।

samajikkhabar.com