samajikkhabar.com

बिग बास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध होबार्ट हुरिकेन्स पराजित भएको छ। हुरिकेन्सलाई सोमबार भएको खेलमा मेलवर्न स्टार्सले १० रनले पराजित गरेको हो। 

जारी सिजनमा हुरिकेन्सको यो तेस्रो हार हो। हुरिकेन्स ८ खेलबाट १८ अंक जोड्दै तेस्रो स्थानमा छ। स्टार्स ७ खेलबाट १५ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। स्टार्सले दिएको १८४ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको हुरिकेन्सले २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रन जोड्यो। 

अन्तिम ओभरमा हुरिकेन्सलाई २१ रन चाहिएको थियो। जसमा पहिलो ३ बलमा ७ रन जोडेका हुरिकेन्सका कप्तान पिटर ह्यान्डकम चौथो बलमा रनआउट भएका थिए। उनले २१ जोडे। हुरिकेन्स लागि ओपनर बेन म्याकडरमोटले सर्वाधिक ९१ रन जोडे। उनले ५८ बलमा ८ चौका र ५ छक्का प्रहार गरे। डविड मलानले २६ रनको योगदान दिएका थिए। बलिङमा स्टार्सका साम रेनवर्डले २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको स्टार्सले ६ विकेटको क्षतिमा १८३ रन जोड्यो। स्टार्सका लागि ओपनिङ ब्याट्सम्यान मार्कस स्टोइनिसले सर्वाधिक ९७ रन जोडे। उनले ५५ बलमा ७ चौका र ७ छक्का हिर्काए। निकोलाश पूरनले २६ रन जोड्दा हिल्टन कार्टराइटले ३६ रनको योगदान दिए। बलिङमा हरिकेन्सका नाथान इल्सले ३ विकेट लिए। रिले मेरेडिथले २ विकेट लिँदा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले १ विकेट लिए। 

औषत प्रदर्शन गरेका सन्दीपले चार ओभरमा ३६ रन खर्चिए। आफ्नो स्पेलको पहिलो दुई ओभरमा उत्कृष्ट बलिङ गर्दै ५ रन मात्र दिएका सन्दीपले पछिल्ला दुई ओभरमा ३१ रन खर्चिएका थिए। आफ्नो स्पेलको पहिलो ओभरमा ३ रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा २ रन दिए। दोस्रो ओभरमा उनले स्टार्सका कप्तान ग्लेन म्याक्सवेललाई एलबिडब्लूको धरापमा परेका थिए।त्यसपछिका दुई ओभरमा सन्दीपले ३ छक्का र १ छक्का दिँदा ३१ रन खर्चिएका थिए। 

यसअघि अघिल्लो खेलमा होबार्टमा डेब्यू गरेका उनले दुई विकेट लिएका थिए। अघिल्लो खेलमा पनि होबार्टले स्टार्सविरुद्ध नै खेलेको थियो। तेस्रो सिजन बिग बास लिग खेलिरहेका सन्दीपले अघिल्ला दुई सिजन स्टार्सबाट खेलका थिए। यो सिजन सन्दीपले सुरुवाती ६ खेल खेल गुमाएका थिए। १५ दिन अस्ट्रेलियामा क्वारेन्टिनमा बसेपछि सन्दीप शनिबार मैदान उत्रिएका थिए। 

samajikkhabar.com