samajikkhabar.com

एजेन्सी : बार्सिलोनाले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा जिरोनामाथि ३-१ को जीत निकालेको छ ।

बार्सिलोनाको जितमा कप्तान लिओनेल मेस्सीले दुई तथा फिलिपे कोउटिन्होले १ गोल गरे । पहिलो रोजाईमा अनुभवी खेलाडी उतारेको बार्सिलोनाले खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाउँदै जिरोनाविरुद्ध आक्रमण बुनेको थियो ।

२१औं मिनेटमा मेस्सीको उत्कृष्ट मुभपछि त्रिनकाओले मिलाएको पासमा कोउटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

पहिलो हाफको अन्तिम मिनेटमा मेस्सीले लामो दुरीबाट गरेको प्रहार गोलरक्षक कार्लोसले रोक्न नसक्दा बार्सिलोना २-० ले अघि बढ्यो ।

दोस्रो हाफको सुरुवाती मिनेटमा नै जिरोनाले गोल फर्कायो । फ्रेंकी डे जोङले मिडफिल्डमा गल्ति गरेपछि सामु साइजले गोल गर्दै खेलमा फर्कने संकेत दिए ।

तर, कप्तान मेस्सीले ५१औं मिनेटमा नै बार्सिलोनाका लागि तेस्रो तथा ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई जीत दिलाए ।

samajikkhabar.com