samajikkhabar.com

काठमाडौं : इङ्ग्ल्यान्डले पाकिस्तानविरुद्धको दोस्रो ट्वान्टी–ट्वान्टी क्रिकेटमा पाँच विकेटले जित हात पारेको छ ।

म्यानचेस्टरमा गएराति भएको खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १ सय ९६ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।

इङ्ग्ल्यान्डको जितमा कप्तान इयान मोर्गनले ६६ रनको अर्धशतकीय इनिङ्ग खेले । यस्तै डाविड मालनले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ्ग खेले ।

त्यसबाहेक इङ्ग्ल्यान्डका जोनी बेयर्स्टोले ४४ तथा टम बानटनले २० रन बनाए । पाकिस्तानका शादब खानले ३ तथा हरिस राउफले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।

दोस्रो ट्वान्टी–ट्वान्टीमा जित निकालेसँगै तीन खेलको सिरिजमा इङ्ग्ल्यान्डले १–० को अग्रता बनाएको छ । दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल सेप्टेम्बर १ (भोलि) हुनेछ ।

पहिलो खेल भने वर्षाको कारण वासआउट भएको थियो ।

यो पनि पढ्नुहोस:

आजको राशिफल : २०७७ भदौ १५ गते सोमबार

काेराेना खाेप बनाउन पहिलाे हुने दाैडमा ‘फाेहाेरी खेल’ भइरहेकाे छ : विज्ञ

लामो दूरीका यातायात र शिक्षण संस्था भदौ मसान्त सम्म बन्द

सामाजिक खबर Top 10 News (Video)

जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा थप शुल्क नलाग्ने

पीसीआर परीक्षणकाे शुल्क घट्याे, ४४०० रुपैयाँ ताेकियाे

samajikkhabar.com