samajikkhabar.com

टि–२० विश्वकप एसिया छनोटमा कतारद्वारा नेपाल पराजित टि–२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा कतारले नेपाललार्ई ४ विकेटले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै बिकेट गुमाउँदै १२२ रन बनाएको थियो । नेपालद्वारा प्रस्तुत लक्ष्य पछ्याउने क्रममा १९.२ ओभरमा ६ विकेट मात्र गुमाएर लक्ष्य भेटाउन सक्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरिले ३४ रन बनाए भने कप्तान पारस खड्काले २८ रन बनाए । ज्ञानेन्द्र मल्लले २३ र सोमपाल कामीले ११ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बतारको लागि ईनाम उल हकले ४१ रन बनाउँदा कम्रान खानले २२ रन को मद्दतले कतारले खेल सकिन ४ बल बाँकि छँदैमा लक्ष्य भेटाएको हो । यो हार सँगै नेपालले बाँकि सबै खेल जित्नु पर्ने दवाव बढेको छ । आजको आर्को खेल सिंगापुर र कुवेत बिच नेपालि समय अनुसार बिहान ११ः४५ मा हुँदै छ । नेपालको अर्को खेल भोलि मलेसिया सँग हुँदैछ ।

nepal vs malaysia icct20 world cup 2020 qualifier asia regional final
samajikkhabar.com