samajikkhabar.com

एजेन्सी : इन्डियन प्रिमियर लिग (आइपिएल) मा सहभागिता जनाउन संयुक्त अरब इमिरेट्स (यूएई) पुगेको चेन्नई सुपर किंग्सको एक खेलाडीसहित टोलीका अन्य सदस्यमा कोरोना संक्रमण देखिएको छ ।

बिहीबार चेन्नईका सदस्यले गराएको परिक्षणमा एक खेलाडी, १ सोसल मिडिया टिमका छन भने १० जना सपोर्ट स्टाफमा कोरोना संक्रमण देखिएको हो । आइपिएलको कोरोना नियमावली अनुसार हरेक टोलीले यूएई आएपछि अनिवार्य रुपमा तीन पटक परिक्षण गर्नुपर्ने प्रावधान रहेको छ । हरेक टोलीले पहिलो, तेस्रो र पाँचौ दिनमा परिक्षण गर्नुपर्ने उल्लेख गरिएको छ ।

स्रोतका अनुसार बिहीबार गरिएको तेस्रो परिक्षणको नतिजामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै चेन्नईको सबै खेलाडी र टोली सदस्य क्वारेन्टिनमा बस्ने भएका छन् । अब सबै सदस्यको नतिजा नेगेटिभ नआउँदासम्म टोली प्रशिक्षणमा सहभागी हुन पाउने छैन । शुक्रबार पनि टोलीका सबै सदस्यको कोरोना परिक्षण गरिएको छ ।

चेन्नईको टोलीमा कोरोना संक्रमण देखिंदा अन्य केहि टोलीले भने प्रशिक्षण सुरु गरेका छन् । रोयल च्यालेन्जर्स बेंगलोर, किंग्स इलेभेन पन्जाब र राजस्थान रोयल्सले प्रशिक्षण गर्न थालेका छन् । यो टोलीका सबै खेलाडी र सदस्यको कोरोना परिक्षण नेगेटिभ आएको हो ।

चेन्नईले यूएई जानुअघि भारतमै केहि दिन प्रशिक्षण गरेको थियो । त्यसबेला नै कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । कोरोना संक्रमण देखिएका खेलाडी र टोली सदस्यले विस्तृत स्वास्थ्य परिक्षण अनिवार्य रुपमा गर्नुपर्ने नियम छ ।

यो पनि पढ्नुहोस:

शरदविक्रम राणाविरुद्ध अख्तियारमा उजुरी, ५१ करोड अनियमितताको आरोप

भाटभटेनी सुपरमार्केटमा खसीको मासु प्रतिकेजी ८५० रुपैयाँ मात्र

कोरोनाबाट थप १२ जनाको मृत्यु

ट्रम्पले कोरोनालाई फेरि भने चिनियाँ भाइरस, छिट्टै भ्याक्सिन बनाएर निमिट्यान्न पार्ने दाबी

मलेसियाबाट आएको एउटै उडानबाट ल्याइए १६ शव

नेकपा सचिवालय बैठक भदौ १८ मा बस्ने

samajikkhabar.com