samajikkhabar.com

काठमाण्डौ : इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युईएफए च्याम्पियन्स लिग फ्यान्स ‘गोल अफ द सिजन’ अवार्ड जितेका छन् । 

भोटका आधारमा रोनाल्डोलाई अवार्डको घोषणा गरिएको हो । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले घोषणा गरेको च्याम्पियन्स लिगको गोल अफ दि सिजनमा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको हो । 

उनले सबैभन्दा धेरै मत पाए । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको दोस्रो लेगमा रोनाल्डोले गरेको गोल उत्कृष्ट बनेको हो । 

यो खेल युभेन्ट्सले २-१ ले जितेको थियो । तर, पहिलो लेगमा १-० ले पछि परेको युभेन्ट्स अवे गोलको आधारमा च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।

यो पनि पढ्नुहोस:

आजको राशिफल : २०७७ भदौ १२ गते शुक्रबार

उच्च रक्तचाप : लक्षण र रोकथामको उपाय

कोरोना संक्रमणबाट गर्भवतीसहित ९ जनाको मृत्यु

कारागारमा कैदीको शंकास्पद मृत्यु

बेलायतले नेपाललाई ७ अर्ब १४ करोड सहयोग गर्ने

लक्षण नभएका कोरोना संक्रमितलाई अब अस्पतालमा भर्ना नगरिने

samajikkhabar.com