samajikkhabar.com
gautam buddha cricket stadium
gautam buddha cricket stadium

राष्ट्रिय तथा अन्तराष्ट्रिय चासोको रुपमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणकार्य पुनः सुचारु हुने भएको छ ।
यहि जेठ १५ गते स्थानियवासीले बाटो फराकिलो बनाउनु पर्ने भन्दै रंगशाला निर्माण स्थल घेर्नका लागि बनाइएको अस्थाई तारबार भत्काईदिएका थिए । धुर्मुश-सुन्तलि फाउण्डेसनको अगुवाईमा भरतपुर महानगरपालिका १५ रामपुरमा निर्माण कार्य थालिएको रंगशालाको काम सुरु भएको केहि दिनमै काम बिथोलिएको थियो ।

सिताराम कट्टेल(धुर्मुश) भरतपुर पुगिसकेका छन् भने फाउन्डेसनका अन्य कर्मचारि पनि भरतपुर जाँदै छन् । कट्टेलका अनुसार रंगशाला निर्माण सहयोग समितीका पदाधिकारिसँगको छलफल पछि निर्माण कार्य पुनः सुरु गर्ने सहमति भएको हो । साथै उक्त छलफलमा जो जसबाट जे जति रकम रंगशाला निर्माणकालागि बोल कबुल भएको छ, उक्त रकम यथासिध्र रंगशालालाई उपलब्ध गराउने सहमति पनि भएका छ । रंगशाला निर्माणका लागि ६ करोड ५० लाख बोलकबुल भए पनि हालसम्म रकम भने सबै प्राप्त भै नसकेको पनि फाउन्डेसनले जानकारी दिएको छ ।
रंगशाला निर्माणका लागि महानगरपालिकाको पहलमा कृषि तथा विज्ञान विश्वविद्यालयले चर्चेको त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गा छुट्याइएको हो ।

samajikkhabar.com