samajikkhabar.com

एजेन्सी : बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पोर्चुगलको लिस्बनमा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३-० गोल अन्तरले पराजित गर्दै जर्मन क्लब बायर्न फाइनलमा पुगेको हो ।

स्टाडियो जोसे अल्भालाडे रंगशालामा बायर्नलाई जित दिलाउन सर्ज गनाब्रीले दुई गोल गरे । यस्तै रोबर्ट लेवान्डोस्कीले एक गोल थपे ।

खेलको १८औं मिनेटमा गनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । खेलको ३३औं मिनेटमा गनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३-० को जित दिलाए ।

अब बायर्नले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग अगस्ट २४ मा खेल्नेछ ।

samajikkhabar.com