samajikkhabar.com

काठमाडौं : नेपालले एकदिवसीय मान्यता पाएपछि घरेलु मैदानमा पहिलो आज सिरिज खेल्दैछ । बुधबार बिहान त्रिवि किकेट मैदानमा कीर्तिपुरमा ओमानसँग खेल्दै नेपालले २०२३ मा हुने विश्वकपको यात्रा शुरु गर्नेछ ।

आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ । नेपालले बिहान १० बजेदेखि ओमानसँग खेल्दै लिग २ मा डेब्यु गर्नेछ । त्यसैले पनि यो श्रृंखला ऐतिहासिक बन्ने अपेक्षा गरिएको छ ।

घरेलु मैदान र दर्शकको साथले उच्च मनोबल बनाएको नेपाल लिग २ मा बलियो प्रतिद्वन्दी अमेरिका र ओमानविरुद्ध सम्यमित भएर मैदान उत्रिनेछ । यी दुवै टोली नेपालका लागि नयाँ भने होइनन् । नेपालले अमेरिका र ओमानसँग डिभिजन क्रिकेट खेलिसकेको छ । यद्यपि यो फर्म्याटको अनुभव भने छैन ।

२०१९ देखि २०२२ सम्म चल्ने विश्वकप लिग २ मा अमेरिका र ओमानले दुई–दुई त्रिकोणात्मक श्रृंखला खेलिसकेका छन् भने नेपाल पहिलो श्रृंखलाको शुरुवात घरेलु मैदानबाट गर्दैछ ।

लिग २ खेल्ने टोलीमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र युनाइटेड अरब इमिरेट्स रहेका छन् । यी सबै टोलीले दुई सिरिज खेलिसक्दा नेपालले भने पहिलो सिरिज खेल्न लागेको हो ।

अंक तालिकाका आधारमा विश्लेषण गर्ने हो भने अमेरिका सबैभन्दा बलियो टोलीका रुपमा देखिएको छ ।  उसले खेलेका ८ मध्य ६ खेलमा जीतसहित १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । ओमान ८ अंकसहित चौथो स्थानमा छ । ओमानले विशेष कारणबस घरेलु मैदानमा भएको श्रृंखलाका दुई खेल खेल्न पाएको थिएन ।

नेपाल, अमेरिका र ओमान एकै स्तरका टोली भए पनि पछिल्लो समय अमेरिका र ओमानले आफ्नो खेलमा निकै सुधार गरेका छन् । उनीहरुसामु नेपालको अवस्था हिजो जुन स्थितमा थियो आज केही पृथक बन्न सकेको देखिँदैन ।

किनकी नेपाली टोलीले हिजो पनि अभ्यास गर्न मैदान पाउँदैनथ्यो । अहिले मुस्किलले मैदानको पाएको छ । फरक यत्ति हो । सुधारिएको अवस्था देखिदैन ।

samajikkhabar.com