भारतीय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान रोहित शर्माले घरेलु टिम न्युजिल्यान्डविरुद्धको बाँकी खेल गुमाउने भएका छन्। पिडुँलामा चोट लागेका कारण रोहितले न्युजिल्यान्डविरुद्ध हुने एकदिवसीय र टेस्ट सिरिज गुमाउने भएका हुन्।
आइतबार न्युजिल्यान्डविरुद्ध खेलिएको पाँचौ टी-२० खेलका दौरान रोहित घाइते भएका थिए। उनी ५४ रनमा ब्याटिङ गरिरहदा घाइते भएका थिए। उपचार गरेर उनले फेरि ब्याटिङ गरेका थिए। त्यसपछि एक छक्क प्रहार गरेका उनी रिटायर्ड हर्ट हुँदै मैदान बाहिरन बाध्य भएका थिए।
अब उनको स्थानमा पृथ्वी शा वा शुममान गिलले टिममा स्थान पाउने छन्।
भारतले न्युजिल्यान्डसँग तीन खेलको एकदिवसीय सिरिज र दुई खेलको टेस्ट सिरिज खेल्दैछ।