samajikkhabar.com

न्युजिल्यान्डविरुद्धको दोस्रो टी-२० खेलमा पनि भारतले जित निकालेको छ।

लगातार दोस्रो खेलमा जित निकाल्ने क्रममा भारतले दोस्रो टी-२० मा ७ विकेटको जित हात पारेको हो। 

जितसँगै ५ खेलको सिरिजमा भारतले २-० को अग्रता लिएको छ। 

आइतबार अकल्यान्डमा भएको खेलमा न्युजिल्यान्डले दिएको १३३ रनको लक्ष्य भारतले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

भारतका लागि केएल राहुलले नटआउट ५७ रन जोडे। उनले ५० बलमा ३ चौका र २ छक्का प्रहार गरे।

श्रेयर इयरले ३३ बलमा ४४ रनको योगदान दिए। 

बलिङमा न्युजिल्यान्डका टिम साउदीले २ विकेट लिए। 

त्यसअघि न्युजिल्यान्डले २० ओभरमा ५ विकेटको क्षतिमा १३२ रन जोडे।

न्युजिल्यान्डका लागि मार्टिन गुपटिलले ३३ रन जोड्दा टिम सेफर्टले पनि नटआउट ३३ रन नै बटुले। 

बलिङमा भारतका रविन्द्र जडेजाले ४ ओभरमा २ विकेट लिँदा १८ रन जोडे। शार्दुल ठाकुर र जसप्रित बुमराहले १-१ विकेट हात पारे।

samajikkhabar.com