samajikkhabar.com

धनकुटा, । धनकुटामा सम्पन्न प्रदेशस्तरीय ‘सहिद रामकृष्ण श्रेष्ठ महिला गोल्डकप फुटबल’ प्रतियोगिताको उपाधि मोरङ महिला फुटबल टोलीले जितेको छ ।

मंगलबार धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न फाइनल खेलमा मोरङले धनकुटा महिला फुटबल टोलीलाई १–० ले पराजित गर्दैै उपाधि उचालेको हो ।मोरङकी इमा राईले दोस्रो हाफको सातौं मिनेटमा पेनाल्टीमार्फत् गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।खेलको अन्तिम समयमा धनकुटाका प्रशिक्षक र रेफ्रीबीच झगडासमेत भएको थियो ।

धनकुटाका खेलाडीलाई मोरङका खेलाडीले ‘डीबक्स’मा लडाउँदासमेत पेनाल्टी नदिएको भन्दै धनकुटाका प्रशिक्षक आक्रोशित बनेका थिए ।जितसँगै मोरङले ट्रफीसहित एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । उपविजेता धनकुटाले ५० हजारमा चित्त बुझायो ।

samajikkhabar.com