samajikkhabar.com

काठमाडौं । सन्तोष साहुखलले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सय गोल पूरा गरेका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर साहुखलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दै सन्तोषले ए डिभिजनमा सय गोल पूरा गरेका हुन् ।

च्यासल युथ क्लबबाट खेलिरहेका सन्तोष डिभिजन लिगमा सय गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन् । जारी लिगका सुरुवाती दुई खेलमा तीन गोल गर्दै सन्तोषले गोल संख्या ९९ पुर्यए पनि त्यसपछिका दुई खेलमा भने गोल गर्न सकेका थिएनन् ।

२०६० सालमा थ्री स्टार क्लबबाट लिगमा डेब्यु गरेका सन्तोषले थ्री स्टारबाट मात्रै ६ सिजन खल्दै ५२ गोल गरेका छन् । सन्तोषले मनाङ मर्स्याङ्दि, सशस्त्र प्रहरीको एपीएफ र च्यासलबाट गोल गरेका हुन् ।

samajikkhabar.com