samajikkhabar.com

मनमोहन मेमोरियल (एमएम) एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। 

आर्मीले आइतबार इनरुवामा भएको खेलमा सशस्त्र प्रहरी बललाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको हो। 

टस जितेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले कुशल मल्लको शतकमा निर्धारित ४६ ओभरमा अलआउट हुँदा २ सय ८१ रन जोड्यो।

मल्लले ६३ बलमा ५ चौका र १३ छक्का हिर्काउदै १ सय ११ रन जोडे।

अनिल मण्डलले ४१ रन र राजेश पुलामी मगरले ३८ रन जोडे। 

बलिङमा सशस्त्रका कप्तान बसन्त रेग्मीले ४ विकेट लिए।

२ सय ८२ रनको लक्ष्य पछ्याएको सशस्त्र ३९.३ ओभरमा १ सय ७३ रनमै अलआउट भयो। 

सशस्त्रका लागि पृथु बास्कोटाले सबैभन्दा बढी ३६ रन जोडे।  शंकर राना ३२ रनमा आउट हुँदा सुमित महर्जन र सन्दीप जोराले २३-२३ रन बटुले। 

बलिङमा आर्मीका साहब अलामले ४ विकेट लिए। कुशल मल्लको नाममा २ विकेट लिए। २ विकेट  र शतक हिर्काएका उनी म्यान अफ दि म्याच भए। 

samajikkhabar.com