samajikkhabar.com

नेपालले लिग टु अन्तर्गतको पहिलो त्रिकोणत्मक श्रृंखलामा यही माघ २२ देखि २९ गतेसम्म त्रिवि क्रिकेट मैदानमा ओमान र अमेरिकासँग खेल्न गइरहेको छ । यसको लागि नेपालले त्रिवि मैदान र पिचको स्तरोन्नति गरिरहेको छ भने नेपाली राष्ट्रिय टोलीको पनि बन्द प्रशिक्षण शुरु हुन गइरहेको छ ।

त्रिवि मैदानमा पहिलो खेल २२ गते बुधबार ओमानसँग खेल्ने नेपालले दोश्रो खेल शनिबार अमेरिकासँग खेल्नेछ । बिहिबार त्रिवि मैदानमा ओमान र अमेरिका खेल्नेछन्, २४ गते शुक्रबार बिश्रामको दिन रहेको छ ।

त्यसपछी लगातार दुई खेल खेल्ने कार्यक्रम रहेको नेपालले २५ गते अमेरीका र २६ गते आइतबार फेरि ओमानसँग खेल्नेछ । सोमबार प्रतियोगीताको दोश्रो बिश्राम दिन रहेको छ । २८ गते अमेरिका र ओमान फेरि आमने–सामने हुनेछन् भने त्यसको भालिपल्ट अन्तिम दिन नेपाल र अमेरिका खेल्नेछन् ।

लिग टु नेपाल सिरिजको तालिका

माघ २२ नेपाल भर्सेज ओमान

माघ २३ ओमन भर्सेज अमेरिका

माघ २५ नेपाल भर्सेज अमेरिका

माघ २६ नेपाल भर्सेज ओमान

माघ २८ अमेरिका भर्सेज ओमान

माघ २९ नेपाल भर्सेज अमेरिका

samajikkhabar.com