samajikkhabar.com

काठमाडौं । एभरेष्ट प्रिमियर लिग आयोजकले यो सिजन दक्षिण अफ्रिकाको पूर्व कप्तान हासिम अमलाले समेत खेल्ने बताएको छ । तर कुन फ्रेन्चाइज टिमले ल्याउन लागेको खुलाएको छैन ।

आयोजक ईपीएल प्रालिका प्रवन्ध निर्देशक अमिर अख्तरले अमलाले खेल्ने, तर यसबारे थप जानकारी सम्बन्धित फ्रेन्चाईजले नै जानकारी गराउने उनले बताए।

३६ वर्षीय ब्याट्सम्यान अमला अन्तर्राष्ट्रिय क्रिकेटबाट हालै मात्र सन्यास लिएका थिए । उनले दक्षिण अफ्रिकाको लागि १२४ टेस्ट, १८१ एकदिवसीय र ४४ टी २० अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

samajikkhabar.com