samajikkhabar.com

काठमाडौं, मंसीर १५ । काठमाडौं, पोखरा र जनकपुरमा आज(मंसीर १५)बाट मंसिर २४ गतेसम्म सञ्चालन हुने १३ औँ दक्षिण एशियाली क्षेत्रीय खेलकुद प्रतियोगिता (साग) को आज साँझ दशरथ रङ्गशालामा उद्घाटन हुँदैछ । करिब तीनघण्टाकाे अवधिमा उद्घाटन हुने समाराेहमा विभिन्न देशकाे संस्कृति झल्कने कार्यक्रम आयाेजना गरिएकाे छ । त्यस्तै खेलाडीहरुले मार्च पास गर्ने कार्यक्रम रहेको छ । नेपालले सुरुवातमा मार्च पाससँगै नेपाली कला सँस्कृति झल्कने कार्यक्रम प्रस्तुत गर्नेछन् । 

आइतबार साँझ ५ बजे सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेसँगै १३औं संस्करणले औपचारिकता पाउनेछ ।प्रतियोगितामा सहभागी सातै देशका राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम शनिबार नै सम्पन्न भैसकेको छ । उद्घाटन समारोहमा कला, संस्कृति र पहिचान झल्कने प्रस्तुति समारोहमा देखाइनेछ भने सातवटै प्रदेश घुमाएर ल्याइएको ओलम्पिक टर्चबाट दीप प्रज्वलन गर्ने, शपथ ग्रहण गर्ने, विशिष्ट अतिथिबाट स्वागत मन्तव्य तथा राष्ट्रपतिद्वारा उद्घाटन तथा सम्बोधनको कार्यक्रम राखिएको छ ।

सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्द्भ्सि, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्ने ५९४ सहभागि रहनेछन् ।

सागका लागि भनेर नेपाल सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी गरि १८ हजार सुरक्षाकर्मी परिचालन गर्ने जानकारी दिएकाे छ ।

यो पनि : साग फुटबलमा नेपालको भिडन्त को-को संग?

सागकाे सुरूवाति इतिहास

नेपालमा आयोजना हुन लागेको सागको यो तेस्रो संस्करण हो ।  १९८४ मा नेपालमा पहिलाे साग संस्करण तथा सागकाे नै पहिलाे खेल भएकाे भएको थियो। पहिलाे संस्करणामा केवल ५ खेल मात्र समावेश भएकोमा नेपालले कुल २४ पदकका साथ चौथो स्थानमा बस्दै प्रतियोगिता सकाएको थियो। १९९९ मा प्रतियोगिताको आठाैं संस्करण तथा नेपालले दोस्रो पटक आयोजना गरेकाे सागमा कुल १२ खेल समावेश गरिएकाे थियाे । साे सस्करण नेपालका लागि निकै उपलब्धिमूलक बन्न पुग्याे । यस पटक नेपालले कुल ६५ पदकका साथ दोस्रो भएको थियो।

 

samajikkhabar.com