samajikkhabar.com

मंसिर ७, काठमाडौं । नेपालमा आयोजना हुँदै गरेको १३ औं दक्षिण एसियाली खेलकुदको फुटबलको पुरुष तथा महिलातर्फको खेल तालिका सार्वजनिक भएको छ । 

पुरुष फुटबलमा ६ टिमले सहभागीता जनाएकामा दुई समूह बनेको छ । नेपाल रहेको समूह  ‘ए’ मा बंगलादेश र भुटान रहेका छन् । समूह  ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । नेपालले डिसेम्बर १ तारिखमा पहिलो खेल बंगलादेशसित खेल्नेछ भने ५ डिसेम्बरमा भुटानसित खेल्नेछ ।

महिला फुटबलमा नेपाल, भारत, श्रीलंका र मादिभ्स मात्र सहभागी भएकाले राउन्ड रोबिन लिगका आधारमा खेल हुनेछन् ।खेल डिसेम्बर ३ देखि हुनेछ । नेपालको पहिलो खेल डिसेम्बर ३ मा श्रीलंकासंग हुनेछ । डिसेम्बर ५ मा माल्दिभ्ससंग र डिसेम्बर ७ मा भारतसंग हुनेछ ।

पुरुषतर्फका सबै खेल दरशरथ रंगशालामै हुनेछन् । महिलातर्फका खेल भने पोखरा रंगशालामा हुनेछन् ।

samajikkhabar.com