samajikkhabar.com

भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल भारतको ‘बी’ टिमसँग २ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २ सय ११ रनको लक्ष्य भारतले ४६ ओभर ३ बलमा ८ विकेट गुमाएर पुरा गर्यो । भारतको जितका दिभ्यनास जोशीले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । ३७ बल खेलेका उनले आक्रामक ब्याटिङ गर्दै ४ छक्का र ४ चौकाको मद्दतमा ५४ रन बनाए । यस्तै कृतिक कृष्ण शेट्टिले ३९, हर्ष राजेस जम्वालले २९, सगर सुरेन्द्र कुमार दहियाले २८, आथर्भा बिनोदले १२, निर्मल कुमारले १६ रनको योगदान गरे ।

नेपालकालागि आकाश चन्दले ४ तथा सागर ढकालले २ विकेट लिए । यस्तै कुशल मल्ल र शेर मल्लले १ १ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय १० रन बनायो ।

नेपालका कप्तान रित गौतमले सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ्स खेले । ९३ बल खेलेका रितले १२ चौका र १ छक्का प्रहार गरे ।

यस्तै शेर मल्लले ३३, हरिबहादुर चौहानले २०, आकास चन्दले १८ र कुशल मल्लले १२ रन बनाए ।

भारत भारतका दिभ्यनास जोशीले ३ तथा अथर्भा बिनोद अन्कोलेकरले २ विकेट हात परे ।

यसअघि दुई खेलमा नेपाल भारतको ‘सी’ टिमसंग १० विकेट र भारत ‘ए’ टिमसँग १ सय ७ रनले पराजित भएको थियो ।

samajikkhabar.com