samajikkhabar.com

अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टि–२० वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । यो महिनाको वरियता क्रममा १२ औं स्थानमा उक्लिएको छ । पहिलो महिनाको वरियाता क्रममा २ स्थान तल झर्दै १३ औँ स्थानमा रहेको नेपाल यो महिना एक स्थान माथि उक्लिँदै १२ स्थानमा आएको हो ।

नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १८९ रेटीङ अंक पाएको छ । यसअघि नेपाललाई उछिनेको स्कटल्याण्ड र युएई तल झरेका छन् । स्कटल्याण्ड एक स्थान तल झरेको छ भने युएई १५औं स्थानमा पुगेको छ । यसअघि युएई १२औं स्थानमा थियो ।

वरियता क्रममा पाकिस्तान शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो, इंग्ल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र भारत पाँचौं स्थानमा छन् । यस्तै न्यूजिल्याण्ड छैटौं, श्रीलंका सातौं, अफगानिस्तान आठौं, बंगलादेश नवौं, वेष्ट इण्डिज १०औं र जिम्बाबे एघारौं स्थानमा छन् ।

samajikkhabar.com