samajikkhabar.com
टि २० सिरिजको लागि पारस खड्काको कप्तानिमा १५ सदस्यीय टोलिको घोषणा

नेपाली क्रिकेटर पारस खड्काले अबुधाबी टी–१० लिग खेल्ने भएका छन् । १४ नोेभेम्बरबाट सुरु हुने लिगका लागि उनी टिम अबुधावीमा आवद्ध भएका हुन्, जसको आइकोनिक प्लेयर मोइन अली छन् । स्रोतका अनुसार पारस १० हजार डलरमा टिममा अनुबन्धित भएका हुन् । टिममा मोहम्मद आमिर लगायतका क्रिकेटर छन् ।

अर्का नेपाली क्रिकेटर सन्दीप लामिछानेले भने कर्नाटका टर्स्कर्सबाट खेल्नेछन् । सन्दीपले गत सिजनको टी–१० लिग केरला किङ्सबाट खेलेका थिए ।

प्रतियोगिता अबुधावीको शेख जायद क्रिकेट रंगशालामा आगामी नोभेम्बर १५ देखि २४ सम्म हुनेछ र १० ओभरको खेल ९० मिनेटभित्र सकिनेछ ।

samajikkhabar.com