samajikkhabar.com

सिंगापुरको इन्डियन एसोसियन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनायो ।

नेपालले पहिलो ओभरमा नै विकेट लिन सफल भयो । नेपालका लागि सन्दिप लामिछानेले जिम्बावेको खाता नखुल्दै विकेट लिन सफल भए । जिम्बावेका ओपनर ब्रायन चारी खाता खोल्न नपाउँदै आउट भए ।

जिम्बावेको स्कोर ३० रन हुँदा नेपालले दोस्रो सफलता हात पार्यो । सोमपाल कामीले रेगिसलाई ६ रनमा आउट गरे । त्यसको लगत्तै नेपालले तेस्रो विकेट लिन सफल भयो । सन्दिपले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो विकेट लिन सफल भए ।

जिम्बावेका पिटर मोर १४ रनमा आउट भए । चौथो विकेटका लागि कप्तान सिन विलियम्स र टिनोटेन्डा विच ६० रनको साझेदारी भएको थियो । जसमा टिनोटेन्डालाई सोमपाल कामीले २० रनमा आउट गराए । सोमपालको यो ब्यक्तिगत दोस्रो विकेट थियो ।

त्यसपछि जिम्बावेका कप्तान सिनलाई पारस खड्काले ५३ रनमा आउट गरेपछि नेपालले पाँचौ सफलता हात पार्यो । सो बेला जिम्बावेको स्कोर एक सय १२ रन थियो ।

जिम्बावेका लागि रिचमन्डले १७ रन बनाए भने बुर्लले २८ रनको योगदान गरे ।

singapore series nepals game
samajikkhabar.com