samajikkhabar.com
टि २० सिरिजको लागि पारस खड्काको कप्तानिमा १५ सदस्यीय टोलिको घोषणा

नेपालले सिंगापुर र ओमानमा हुने टि २० सिरिजको लागि पारस खड्काको कप्तानिमा १५ सदस्यीय टोलिको घोषणा गरेको छ । नेपालले सिंगापुरमा घरेलु टिमसहित जिम्बाब्वे विरुद्ध सिरिज खेल्दै छ भने त्यसपछि आयरल्याण्ड, नेदरल्याण्ड्स, हङकङ र ओमनासँगको सिरिज खेल्ने छ । मातृशोकका कारण घर फर्किएका प्रशिक्षक उमेश पटवाल बुधबार नेपाल फर्किएकाले आज नेपाली टिमको घोषणा गरिएको हो ।

नेपाल क्रिकेट संघ क्यान आईसीसीको प्रतिबन्धमा परेकाले प्रशिक्षक, कप्तान र आईसीसीका प्रतिनिधिले टिम छनोट गर्दै आएका छन् । आसन्न दुवै सिरिजका लागि घोषणा गरिएको १५ सदस्यीय टिममा कप्तान खड्का सहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी,पवन शर्राफ, सन्दीप लामिछाने, सन्दीप जोरा, अभिनास वोहरा, कुशल मल्ल, इशान पाण्डे, रोहित पौडेल, आशिफ शेख रहेका छन् ।

नियमित उप कप्तान ज्ञानेन्द्र मल्लले यो सिरिजमा सहभागिता नजनाउने भएपछि उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले पाएका छन् । यसैगरी शरद भेषावकर र बसन्त रेग्मीलाई विश्राम दिइएको छ । १५ सदस्यीय टिममा इशान र कुशल मल्ल पहिलो पटक टिममा पर्न सफल भएका छन् । यसका साथै उनीहरू पहिलो पटक नै सिनियर टिमको क्याम्पमा परेका थिए ।

samajikkhabar.com