samajikkhabar.com
Sri-Lanka-vs-Nepal-ACC-U19-Asia-Cup-2019-Match-Schedule

आज भएको नेपाल र श्रीलंका बिचको खेलमा नेपाल ५ विकेटले पराजित भएको छ । श्रीलंकाको घरेलु मैदानमा भएको खेल बर्षाको कारण ४२ ओभरमा छोट्टीएको थियो । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाएर १५९ रन मात्र बनाउन सकेको थियो । १६० रनको लक्ष्य सहित मैदानमा उत्रिएको श्रीलंकाले ३३.४ ओभरमै ५ विकेट गुमाएर लक्ष्य भेटाएको थियो ।

श्रीलंकालाई जित दिलाउनका लागि कामिल मिसाराले ५५ रनको इनिङ् खेले । उनले ६२ बलमा तीन चौका र दुई छक्का प्रहार गरेका थिए । यस्तै अहान विक्रमासिंघेले पनि ३० रन जोडे । निपुन धनञ्जयाले १८ रन बनाए भने अभिष्का थारिन्दुले अविजित २५ रन जोडे ।

बलिङतर्फ राशिद खानले दुई विकेट लिए भने पवन सर्राफ र सागर ढकालले एक एक विकेट लिए । श्रीलंकाको आर प्रेमदासा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले नौ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।

खेलमा नेपालका लागि रित गौतमले अर्धशतकीय योगदान दिएका थिए । उनले ५४ रन बनाएका थिए । त्यस्तै रोहित कुमार पौडेलले ४७ रन बनाए । राशिद खानले १५ रन बनाए भने हरि चौहानले १२ रनको योगदान दिए ।

अन्यको प्रदर्शन खराब रह्यो । नेपाललाई कम स्कोरमा रोक्नका लागि श्रीलंकाका दिलसान मदुशंका र नभोद पारानाभिथानाले तीन–तीन विकेट लिए भने रोहण सञ्जया र आशियान डेनियलले १–१ विकेट लिए ।

अब नेपालले पर्सी आइतबार बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ ।

samajikkhabar.com